Blogger templates

29 February 2012

च्यालेन्ज कपलाई टोली घोषणा

फागुन २५ बाट हुने एएफसी च्यालेन्ज कपका लागि नेपालले मंगलबार २१ सदस्यीय टोली घोषणा गरेको छ। नेपालका ब्रिटिश प्रशिक्षक ग्राहम रोबर्टसले शुक्रबार अन्तिम २० सदस्यीय टोलीको घोषणा गरिने बताए। 


लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लबका रक्षक सविन्द्र श्रेष्ठ, एनआरटीका रक्षक जितेन्द्र कार्की र आर्मीका विङ्गर टंक बस्नेत पहिलोपटक राष्ट्रिय टोलीमा पर्ने पक्का भएको छ। प्रशिक्षक रोबर्टसले जुमानु राई, सन्तोष साहुखल, गणेश लावती, अनिल गुरुङ र सुजल श्रेष्ठमध्येबाट अन्तिम टोलीमा एक स्ट्राइकर कटौती गरिने जनाए।
बन्द प्रशिक्षणमा रहेका २५ मध्येबाट आर्मीद्वय टेकबहादुर बुढाथोकी र नवयुग श्रेष्ठ, पुलिसका पर्वत पाण्डे तथा मनाङका विजय गुरुङले टोलीमा स्थान बनाउन सकेनन्। टोलीमा स्थान बनाउन नसकेका सबै खेलाडी मिडफिल्डर हुन्। अघिल्लो साता घुँडाको चोट बोकेका कारण विजयले ६ हप्ता गुमाउने भएपछि उनी टोलीबाट बाहिरिए। 
पर्वत र आर्मीका मिडफिल्डर राजु तामाङको खेलशैली एउटै भएका कारण पुलिसका मिडफिल्डरलाई टोलीमा राख्न नसकेको रोबर्टसले बताए। रक्षक सन्दिप राई मिडफिल्डमा पनि खेल्ने भएकाले टोली छनोटमा भएको उनले बताए।

२१ सदस्यीय नेपाली टोली
गोलरक्षकः किरण चेम्जोङ (मेगा थ्री स्टार), विकास मल्ल (आर्मी) रितेश थापा (पुलिस)
रक्षकः सागर थापा (कप्तान, यती हिमालयन शेर्पा), रोहित चन्द (एचएएल), विराज महर्जन (थ्री स्टार), रविन श्रेष्ठ (पुलिस), सन्दिप राई, सविन्द्र श्रेष्ठ, दीपक भुसाल (मनाङ), जितेन्द्र कार्की (एनआरटी)
मध्यपंक्तिः राजु तामाङ, टंक बस्नेत (आर्मी), भरत खवास, भोला सिलवाल (पुलिस), निराजन खड्का (मनाङ)
स्ट्राइकरः जुमानु राई (पुलिस), अनिल गुरुङ, सन्तोष साहुखल, सुजल श्रेष्ठ (मनाङ), गणेश लावती (एपिएफ) 




WATCH LIVE STREAMING ONLINE AFC CHALLENGE CUP 2012