आगामी फागुनमा काठमाडौँमा हुने च्यालेन्ज कपका लागि नेपाली राष्ट्रिय टोलीले आजदेखि प्रशिक्षण थाल्दैछ। प्रमुख प्रशिक्षक ग्राहम रोबर्टसले छानेका ३६ खेलाडी प्रशिक्षणमा सहभागी हुनेछन्। च्यालेन्ज कप फागुन २५ देखि चैत ६ सम्म काठमाडौंमा आयोजना हुँदैछ।
नेपाल रहेको समूह एमा अर्को दक्षिण एसियाली राष्ट्र माल्दिभ्ससहित तुर्कमेनिस्तान र प्यालेस्टाइन छन्।
समूहका शीर्ष दुई टोली सेमिफाइनलका लागि छनोट हुने छन्। फागुन २५ गते दशरथ रंगशालामा प्यालेस्टाइनविरुद्ध खेल्दै नेपालले च्यालेन्ज कपको यात्रा प्रारम्भ गर्नेछ।नेपालले फागुन २७ मा माल्दिभ्स र फागुन २९ मा तुर्कमेनिस्तानसँग खेल्नेछ।
अर्को समूहमा उत्तर कोरिया, भारत, ताजकिस्तान र फिलिपिन्स छ।
पहिलो संस्करणमा सेमिफाइनलसम्मको यात्रा गरेको नेपाल २००८ मा दोस्रो चरणमा प्रवेश गरेको थियो। २०१० को च्यालेन्ज कपमा नेपालले छनोट चरण पार गर्न सकेन। चैतमा उत्तर कोरियाको समूहमा रहेर पनि नेपाल उपविजेता हुँदै अन्तिम चरणलाई छनोट भएको थियो।

प्रशिक्षणमा सहभागी हुने नेपाली खेलाडी
गोलरक्षक : किरण चेम्जोङ, विकास मल्ल, रितेश थापा, विशाल श्रेष्ठ र राजु योगी
रक्षक : सागर थापा, सन्दीप राई, रोहित चन्द, रबिन श्रेष्ठ, विराज महर्जन, सबिन्द्र श्रेष्ठ, विकास सिंह क्षेत्री, दीपक भुसाल र जितेन्द्र कार्की
मध्यपंक्ति : राजु तामाङ, निराजन खड्का, निराजन मल्ल, भोला सिलवाल, विजय गुरुङ, सुजल श्रेष्ठ, टंक बस्नेत, पर्वत पान्डे, जगजीत श्रेष्ठ, अनिल ओझा, टेकबहादुर बुढाथोकी।
अग्रपंक्तिः जुमानु राई, सन्तोष साहुखल, अनिल गुरुङ, गणेश श्रेष्ठ, रमेश कटुवाल, कुञ्जन गुरुङ, रुपेश केसी