Blogger templates

19 February 2012

सहारा सेमिफाइनलमा

सिमरा (बारा), फाल्गुन ७ - सहारा क्लब, पोखरा म्याजिक मोमेन्ट्स तेस्रो सिमरा गोल्डकपको सेमिफाइनलमा शनिबार पुगेको छ । उसले एन्फा यू-१७, काठमाडौंमाथि १-० को जित निकाल्यो । प्रतिस्पर्धात्मक खेलमा सहाराका गोविन थापाको कर्नरमा केनडी ओलाङ एडरिसले हेडमार्फत ३२ औं मिनेटमा निणर्ायक गोल गरे । आपसी तालमेल मिले पनि सहाराले पहिलो हाफमा दोस्रो गोल गर्न सकेन । एडेम मिचडले गरेको कडा प्रहार पोस्टमा लागेर फर्के पनि इजी कोलिनले सदुपयोग गर्न सकेनन् । उनको प्रहार बाहिरिएको थियो । खेलको दोस्रो हाफ भने एन्फाका युवा खेलाडीको नियन्त्रणमा रह्यो । उसले सहाराको पोस्टमा दर्जनौं प्रहार गरेको थियो । तर सबै प्रहार विपक्षी गोलकिपरले विफल पारे । एन्फा प्रशिक्षक मृगेन्द्र मिश्रले गोल गर्न नसके पनि टिमले राम्रो खेलेको बताए । 'गोलका आधारमा पराजित भयौं,' उनले भने, 'प्रदर्शनका आधारमा भने माथि रह्यौं ।' उनले मार्किङमा कमजोरी हुँदा गोल खाएको बताए । 'पाएको मौकालाई पनि सदुपयोग गर्न सकेनौं,' उनले थपे । सहारा प्रशिक्षक किरण श्रेष्ठले स्टाइकिङ नमिलेकाले फिनिसिङ राम्रो हुन नसकेको खुलासा गरे । 'क्षमताअनुसार खेलाडीले खेल्न सकेनन्,' उनले भने । खेलको 'म्यान अफ द म्याच' भने एन्फाका कप्तान हेम गुरुङ भए । प्रकाशित मिति: २०६८ फाल्गुन ७ ०९:५७