Blogger templates

26 January 2012

एएफसी च्यालेन्ज कपको तयारी सुरु


 राष्ट्रिय लिगको रमझम सकिए लगित्तै नेपाली खेलाडीहरु एएफसी च्यालेन्ज कप फुटवलको तयारीमा जुटेका छन् । च्यालेन्ज कप फागुनको दोस्रो हप्ता राजधानीको दशरथ रंगशाला र शसस्त्रको मैदान हलचोकमा आयोजना हुँदैछ ।

राष्ट्रिय लिगमा व्यस्त रहेका खेलाडीहरु ३६ जनालाई नेपाली राष्ट्रिय टोलीका मूख्य प्रक्षिक्षक ग्राहम रोवर्टस्ले लिग सकिदै लगत्तै पहिलो चरणको छनोटमा पारिएको बुझिएको छ । छनोटमा परेका खेलाडीहरुलाई माघको तेस्रोसाताबाट बन्द प्रशिक्षणमा सहभागी गराउने जनाइएको छ ।

काठमाडौंको उक्त २ मैदानमा हुन लागेको यसपटकको एएफसी च्यालेन्ज कपमा नेपाल सहित भारत, माल्दिभ्स, फिलिपिन्स, उत्तर कोरिया, प्यालेस्टाइन, ताजकिस्तान र तुर्कमिनिस्तान सहभागी हुँदैछन् ।