आगामी फागुनमा काठमाडौँमा हुने च्यालेन्ज कपका लागि नेपाली राष्ट्रिय टोलीले आजदेखि प्रशिक्षण थाल्दैछ। प्रमुख प्रशिक्षक ग्राहम रोबर्टसले छानेका ३६ खेलाडी प्रशिक्षणमा सहभागी हुनेछन्। च्यालेन्ज कप फागुन २५ देखि चैत ६ सम्म काठमाडौंमा आयोजना हुँदैछ।
नेपाल रहेको समूह एमा अर्को दक्षिण एसियाली राष्ट्र माल्दिभ्ससहित तुर्कमेनिस्तान र प्यालेस्टाइन छन्।
समूहका शीर्ष दुई टोली सेमिफाइनलका लागि छनोट हुने छन्। फागुन २५ गते दशरथ रंगशालामा प्यालेस्टाइनविरुद्ध खेल्दै नेपालले च्यालेन्ज कपको यात्रा प्रारम्भ गर्नेछ।नेपालले फागुन २७ मा माल्दिभ्स र फागुन २९ मा तुर्कमेनिस्तानसँग...