Blogger templates

23 February 2012

सहारा उपाधिनजिक

सहारा क्लब, पोखरा म्याजिक मोमेन्ट्स तेस्रो सिमरा गोल्डकपको उपाधिनजिक बुधबार प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा उसले यती हिमालयन शेर्पा क्लब, काठमाडौंलाई १-० ले पराजित गर्‍यो ।
सहाराका कप्तान विष्णु केसीले दिएको पासलाई सदुपयोग गर्दै बुद्ध लामाले खेलको नवौं मिनेटमा पहिलो गोल गरी टिमलाई अगाडि बढाए । यती हिमालयन शेर्पा दोस्रो सिमरा गोल्डकपको विजेता टिम हो ।
सहाराका खेलाडीमाथि पूर्णरूपमा दबाब राखेका हिमालयनका खेलाडीले गरेका दर्जनौं प्रहार गोलमा परिणत हुन सकेनन् । हिमालयनका पुकार गहतराजले खेलको १४ औं मिनेटमा पाएको पि|mकिक गोलमा परिणत गर्न सकेनन् । हिमालयनकै कोरियाली खेलाडी जोक जिन्होले पटक-पटक पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । उनका केही प्रहार सहाराका गोलकिपर राजु योगीले बचाव गरे ।
हिमालयनकै जोङ बोयंजुले कर्नर क्षेत्रबाट गरेको सुन्दर प्रहारलाई पोस्टमा रहेका अन्य खेलाडीले सदुपयोग गर्न सकेनन् । खेलको दोस्रो हाफमा सहाराले खेलको रणनीति नै परिवर्तन गरी सम्पूर्ण खेलाडीलाई डिफेन्समा राख्यो । हिमालयनका राजन अधिकारीले डिबक्सभित्रैबाट गरेको कडा प्रहारलाई किपरले जोगाएका थिए ।
लगत्तै पुकारले गरेको अर्को बलियो प्रहारलाई किपरले विफल तुल्याएपछि सहाराको जित निश्चित हुन पुगेको थियो । हिमालयनका प्रशिक्षक नवल गुरुङले गणितीय हिसाबमा पराजित हुन पुगे पनि आफ्नो टिमले राम्रो प्रदर्शन गरेको बताए । उनले बल पूर्णरूपमा आफ्नो नियन्त्रणमा रहे पनि गोल हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको बताए ।
यस्तै सहाराका प्रशिक्षक किरण श्रेष्ठले खेलको सुरुवाती गोल नै जितको कारण भए पनि आफ्नो टिम पूरै समय हिमालयनको दबाबमा रहेको स्वीकारे । सेमिफाइनल 'डु एण्ड डाई' हुने भएकाले हिमालयनको दबाबका कारण दोस्रो हाफपछि टिमले रक्षात्मक शैलीमा खेलेको बताए । सहाराका विसन गौचन 'म्यान अफ द म्याच' घोषित भए ।
Ekantipur News

Copy Article form